साङ्गितिक क्षेत्रमा सबैले दाई भनेर हैरान गर्छन,सरोज लामिछाने

0
442

साङ्गितिक क्षेत्रमा सबैले दाई भनेर हैरान गर्छन,सरोज लामिछाने

बिबेक लोप्चन काठमाडौ,नेपाल
सरोज लामिछाने एक सुपरिचित गायक एंव सञ्चारकर्मी हुन । नेपालि लोक सङ्गितमा रहेर थुप्रै गित गाइसक्नु भ​एका लामिछाने सिन्धुपालल्चोकमा जन्मनु भ​एको हो ।बदाम खाको सुन्तला छोडाको गीतबाट चर्चा कमाएका लामिछानेले जुरेली चरी, सालको पात हे माया, सानुमाया हाँसेर बोल, माछि कहाँ छ लगायतका गीतहरुले अझै श्रोता र दर्शको मन जित्न सफल भएको छ । पछिल्लो समयमा प्रमिला तामाङको प्रस्तुतीमा गायक लामिछानेको शब्द, संगीत एवम् स्वर रहेको ‘धानको बाला लसरी पसरी’ बोलको गीत बजारमा सार्वजनिक गरिएको छ । बिशेष त गायक एंव कुशल सञ्चारकर्मी सरोज लामिछानेसङ्ग गोल्चे सञ्चारको लागि विवेक लोप्चन र सरोज दाहालले गरिएको कुराकानीको सम्पादित अंश ।

१)आजकाल के मा ब्यस्त हुनुहुन्छ ?
म साङ्गितिक क्षेत्रलाइ निरन्तरता दिदै आजकाल नयाँ गीत ल्याउने प्रयासमा छु भने रेडियो कार्यक्रम सञ्चालनमै ब्यस्त छु ।

२)तपाईले साङ्गितिक यात्रामा धेरै गीत गाउनु भो तर बदम खाको सुन्तला छोडाको गीत निकै चर्चा चुलियो । त्यसपछि कस्तो अनुभव गर्नु भो?
जुन गितलाइ सम्पुर्ण श्रोताहरुले माया गरेर मलाइ साथ दिनु भो गीत अत्यन्त आभार ब्यक्त गर्दछु साथै धेरै राम्रो महशुस छ ।साथै मलाई अघि बढ्नका लागि हौसला,उर्जा थपेको छ ।

३)अब कस्तो खालको गीत सङ्गित ल्याए श्रोता र दर्शकले रुचाउलान त?
मलाई लाग्छ कि कुनै पनि गायकले म हिट हुन्छु भनेर गित गाएका हुदैनन र पनि हिट हुन्छू भनेर गाएका हुदैनन । दर्शक श्रोताले रुचाउने खालको गीत सङ्गीत हामिले ल्याउन सक्यौ भने अबस्य सबैले माया गर्नुहुनेछ ,सुन्नुहुनेछ भन्ने मलाई लाग्छ ।

४)बाल्यकाल कसरि बित्यो ?
म बि स २०४८ सालमा जन्मेको हु । बाल्यकालमा म गीत सङ्गीतलाइ गुनगुनाउदै साथै मेरा आदर्णिय दाजु सन्तोश लामिछाने हुनुहुन्छ । गाऊमा दाजुभाई मिलनसारको हिसाबले अरुहरुले कति मिलेको भन्नुहुन्थ्यो । साथै साङ्गीतिक कार्यक्रममा म बाल्यकाल देखि नै सहभागि हुदै पढाइ सङ्गै म पढाइ कै क्रममा काठमाण्डौ आए । कार्यक्रममा सहभागि हुदा मैले प्रथम स्थान हासिल गर्थे । अङकल आन्टिहरुले मलाइ कलाकरिता धेरै राम्रो छ भन्नु हुन्थ्यो । हौसला प्रदान गर्नु हुन्थ्यो ।

५)तपाईको आफ्नै भाषामा गीत सङ्गीत क हो ?
गीत सङ्गित सुख,दुखको साथि हो । कोहि पनि गीत सङ्गितबाट टाढा छैनन जस्तो लाग्छ ।

तपाई गीत सङ्गीतमा लामो समयदेखि नै काम गर्दै आउनु भ​एको छ तर मिडिया क्षेत्रमा कसरि प्रबेश गर्नु भो?
म स्वरमा थुङ्गाहरु रेडियो कार्यक्रम सुन्थे । मलाइ धेरै मन पर्थ्यो । म स्कुल छोडेर स्वरमा थुङ्गाहरु सुन्थे । बिचबाटोबाटै फर्किन्थे । स्वरका थुङ्गाहरुले मलाइ गीत सङ्गीतमा आउन निकै प्रेरणा दियो । मलाइ रेडियो कार्यक्रम सुने देखि नै म कसरि काठमाण्डौ पुग्ने । रेडियोमा बोल्दा कस्तो हुन्छ होला भन्ने मलाइ ईन्टेन्सन थियो । मलाई पहिला काभ्रेको धुलिखेलमा रहेको मध्यपुर्वमा एफ​एम मा कार्यक्रम प्रस्तुत गर्ने मौका मिल्यो । मलाइ स्वरका थुङ्गाहरु कार्यक्रम यो जुनिमा प्रस्तुत गर्न आउछू भन्ने कुनै आश थिएन । पछि सफल बने

६)तपाइको प्रस्तुतिमा खास काठ क्षेत्रको मात्र गीत धेरै प्रस्तुत गर्ने र पहिलाको भन्दा तुलनात्मक रुपमा कार्यक्रमको क्रेज घटेको भन्ने आइरहेको छ तपाइको अनुभव के रहेको छ ?

यो भन्दा केहि बर्ष अगाडि रेडियो बालुल्यता थियो । तर अहिले जील्लामा काम्षैकाम ८-९ रेडियो छ्न र बास्तबिक रेडियो पहिला थोरै थियो क्रेज पनि तर अहिले सुन्न त सुन्छ्न केहि मात्र रेडियोको बाहुल्यताले गर्दा सुन्न छाडेको र प्रबिधिसङ्ग मानिसहरु बिजि भ​एका कारण यस्तो भ​एको हो । अर्को कुरा के हो भने काठ क्षत्रमा म जन्मे । काठ क्षैत्रका गीत कमै मात्रमा मिडिया पाइरहेको बेला मैले आफ्नो क्षैत्रलाइ जोगाउनका लागि मिडियामा राखेको हु । म के जानकारि गराउन चाहान्छु भने

७)साङ्गीत क्षत्रमा लागेर के जिबन जिउन सजिलो छ या अरु कुनै पेशा अपनाउनु भाछ ??
अहिले म व्याबसायिक भाको छु ।अहिलेसम्म मैले अरु गर्नु परेको छैन।म रोधिमा काम गर्छु।लोक गीत कै काम भैरहेको हुन्छ ।

अन्त्यमा

अन्त्यमा मैले भर्खरै बजारमा सार्वजनिक गरेको गीत धानको बाला लसरी पसरी सुन्न ,हेर्न र माया गरेर सेअर गर्नुहुन हार्दिक आग्रह गर्दछु साथै मेरो आफ्नो बारे केहि कुरा राख्ने मौका दिनु भो धेरै धेरै धन्यवाद ब्यक्त गर्दछु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here