“जम्बुलिङ ला जम्मन तामाङकदे सि तदोजी,, ह्याङ्ला रिमठिम ह्याङ्सेन तेन्दोजी”” नाराका साथ ह्याङला धुस्कोट ल्होछार गेताङ-२०७४ को सम्पुर्ण तयारी सप्पन्न

"जम्बुलिङ ला जम्मन तामाङकदे सि तदोजी,, ह्याङ्ला रिमठिम ह्याङ्सेन तेन्दोजी"" नाराका साथ ह्याङला धुस्कोट ल्होछार गेताङ-२०७४ को सम्पुर्ण तयारी सप्पन्न

0
273

“जम्बुलिङ ला जम्मन तामाङकदे सि तदोजी,, ह्याङ्ला रिमठिम ह्याङ्सेन तेन्दोजी”” नाराका साथ ह्याङला धुस्कोट ल्होछार गेताङ-२०७४ को सम्पुर्ण तयारी सप्पन्न

फागुन,४,२०७४
सिन्धुपाल्चोकको बलेफी गा.पा. वडा नं ३ स्थित बृहत तामाङ गाउँ धुस्कोटमा यसपालीको ल्होछार कार्यक्रम गर्नका लागि कर्मडुप्ग्युलिङ गुम्बा ल्होछार बिशेष कार्यक्रम सन्चालन समिति गठन गरि “ह्याङ्ला धुस्कोट ल्होछार गेताङ -२०७४को “सम्पुर्ण  तयारिमा  सम्पन्न गरिसकेको आयोजकले बताउनु भयो । धुस्कोट गाउँमा यो भन्दा अगाडिका वर्षहरुमा पनि बृहत रुपमा ल्होछार कार्यक्रम सफल रुपमा गराईसकेको दुई पल्ट कार्यक्रमका संयोजकत्व गराई सकेका युवा प्रीतम तामाङले बताउनु भयो ।

गुम्बा प्रमुख श्री सोनाम धार्के लामा ज्युले ल्होछारको विषयमा हामी तामाङ समुदाय भित्र नै ठूलो विवाद देखिएकोले हाम्रो गाउँमा यसपाली पनि  यो त्यो नभनी मात्र ल्होछार गेताङ भनी मनाउने र ल्होछारको बारेमा कार्यक्रमका दिन केही रुपमा प्रष्ट पार्न कोसिस गर्ने बताउनु भयो ।

ल्होछार सन्चालन समितिले भने  घरघरमा टोलटोलमा ल्होछारको बारेमा पहिले भन्दा छुट्टै तरिकाले प्रचारप्रसार गरेको र मनाउन उत्प्रेरित गरे बताउनु भयो ।साथै हाम्रो तामाङ समाजमा विगत देखि वर्तमानमा विद्यमान तामाङ रितिसंकृती, कला, फापारे जुहारी, आसना सरदो सेलो , डम्फु टुङ्ना नाच , आदिलाई विशेष रुपमा कार्यक्रममा प्रस्तुति देखाउने बताउनु भयो ।

साथै राष्ट्रिय तामाङ सेलो कलाकारहरु बीशाल काल्तान, निरोज लामा, बुद्ध तितुङ लामा, आश्मान लोप्चन, अनिल स्याङ्बो, प्रीतम तामाङ( गौरुङ) मोडल पुसन लामा, निम्रीत तामाङ, जल ब. जिम्बा, बले तामाङ लगायतका कलाकतामाङको बेजोड प्रस्तुतिको साथै  स्थानिय कलाकारहरुको समेत प्रस्तुति रहने बताउनु भयो । कार्यक्रम भने  कर्मडुप्ग्युलिङ गुम्बाकै प्राङ्गणमा गरिने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here