ल्होछार (नयाँवर्ष)लाई आधार बनाएर अनिश योन्जनले ल्याए ल्होछार मेलारी

0
214

माघ १८, काठमाडौ । ल्होछार (नयाँवर्ष)लाई आधार बनाएर अनिश योन्जनले ल्याए ल्होछार मेलारी।

SongsNepal युट्यु च्यानलबाट सार्वजनिक ‘ल्होछार मेलारी’ म्युजिक भिडियोलाई काठमाडौ बौद्ध,स्वयम्भू र भृकुटीमण्डप लगायतका ठाउँहरुमा छायांकन गरिएको हो ।

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका-११,गायक अनिश योन्जन (च्याङबा)को आफ्नै शब्द,संगीत तथा आवाजमा रहेको गीतमा गायिका रुषा जिम्बाको समेत आवाज रहेको छ । प्रेम लामाको निर्देशनमा तयार भएको भिडियोमा अनिश योन्जन,रुशा जिम्बा,बलराम तामाङ र राममाया वाइबाको अभिनय देख्न सकिनेछ । भिडियोमा दिपसन डंगोलको छायांकन रहेको छ । सुन्दर लामाको एरेन्जमा तयार भएको हो । श्रृङ्गारमा सरिता श्रेष्ठले सघाएको छ । सम्पादन अभिनायक श्रेष्ठले गरेका हुन् ।

नयाँवर्ष (ल्होछार)लाई आधार बनाएर लेखिएको शब्दलाई योन्जनले गीतमा उतारेका छन् भनी गायक योन्जनले गोल्चे सञ्चारलाई बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here