चाइनिज नयाँ वर्षको पावन अवसरमा मलेसियाको विभिन्न मुख्य मुख्य सहरमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति हुने भएको छ

0
242

इकमन लामा
माघ -१२, काठमाडौ
यहि १६ फेब्रुअरी देखि १८ फेब्रुअरी २०१८ सम्म चाइनिज नयाँ वर्षको पावन अवसरमा मलेसियाको विभिन्न मुख्य मुख्य सहरमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति हुने भएको छ ।

चाइनिज नयाँ बर्षको बिदाको समयलाई मध्यनजर गर्दै आयोजना गरिएको उत्त कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरू नेपाल आइडलका प्रतिस्पर्धी साथै टप चौथो सम्म पुग्न सफल सबैले रुचाएका अहिलेका चर्चित एवं प्यारो गायक सागर आले त्यस्तै चर्चित नायिका सुन्दरी मोडल एलिशा राई , चर्चित हाँस्य कलाकार बिष्णु सापकोटा , चर्चित गायिका दिपा लामा , चर्चित पप गायक सुनिल मगर ,चर्चित लोक गायिका भुमिका गिरि लगायत आधा दर्जन नेपाली राष्ट्रिय कलाकार मलेसियामा कन्सर्टको लागि ल्याउन लागिएको छ पुर्ण तयारी भैसकेको र साथमा स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने कुरा मलक्काका कार्यक्रम संयोजक दिपेश शाहीले जानकारी दिनुभयो । कार्यक्रम क्रमश मलेसियाको जोहोरबारुमा फेब्रुअरी १६ मा हुनेछ । त्यस्तै १७ मा मलक्कामा हुनेछ भने अन्त्यमा १८ तारीख बातुपाहातमा हुने निश्चित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here