विरामी अस्पताल र कागजको सिंहदरवार

विरामी अस्पताल र कागजको सिंहदरवार

0
667

विरामी अस्पताल र कागजको सिंहदरवार

९, माघ २०७४

अमीत घिमिरे चौतारा
• उनको नाम नीरमाया तामाङ श्रेष्ठ हो । चौतारा घर भएकी नीरमाया एउटा कार्यालयमा सामान्य परिचर हुन् । सुगर रोगका कारण उनी थला परिन र अघिल्लो हप्ता सिभिल अस्पताल भर्ना भएर बसिन् ।
• उनको रगत, पिसाव आदि परीक्षण गर्न मात्र ८ हजार लाग्यो । अस्पतालले उनलाई भर्ना गर्यो । र उनी ९ दिन अस्पताल बसिन । यसबीच उपचारमा मात्र उनको २३ हजार लाग्यो । अन्य खानपिन र फुटकर खर्च त छुट्टै भइहाल्यो ।


• १० औं दिनको दिन उनलाई डिस्चार्ज गरियो । १० दिनलाई पुग्ने रु. १ हजार पर्ने एउटा इन्जेक्सन किन्न लगायो र हरदिन खाना खानु अघि त्यो इन्जेक्सन लगाउन भनियो ।

• उनी औषधीका चाङ् र त्यो इन्जेक्सन बोकेर घर आईन । तर उनले त्यो इन्जेक्स न आफै लगाउन सकिन न कतै लगाईदिने ठाँउ नै भेटिन ।
• चौतारा आएको भोलिपल्ट उनी जिल्ला अस्पताल पुगिन । २ घण्टा कुरे पछि उनको डाक्टरसंग भेट भयो र उनले इन्जेक्सका बारेमा भनिन् । डाक्टरले सो काम अर्कालाई अह्राए-त्यो अह्राएको व्यक्तिले पछि “मैले जानेको छैन म सक्तिन भन्यो” ।
• यसोरी नीरमायाले इन्जेक्सन लिन पाइनन् । त्यो ओखती लाउन नमिल्ने गरी विग्रियो डेट-एक्सपाएर भयो ।
• मैले थाहा पाएर उनलाई सोधें र उनको फोटो खिंचे । उनी डराइन “तपाईले लेख्ला कतै मेरो जागिर त जाँदैन(खाईदिदैनन्)” । हे संघीयलोकतान्त्रीकगणतन्त्र यो राणातन्त्रीय मानसिक दमनमा नागरिक रहेछन् ।
• नीरमाया एउटी प्रतिनिधि पात्र हुन् ।
• कस्तो विचित्रको हाम्रो जिल्ला अस्पताल, कस्तो विचित्रको हाम्रो नगरपालिका, हाम्रो ठाउँ । आफैले किनेर ल्याएको ओखती लगाईदिने मान्छेसमेत छैन हाम्रोमा । आफैले उपचार गरेर बाँच्न त नपाउने यो मुलुकमा सरकारले नागरिकको स्वास्थ्य सुरक्षा गर्छ भनेर कसोरी विश्वास गर्ने ?
• अहिले त सिंहदरवारले स्वास्थ्य क्षेत्रलाई आफ्नो मातहतमा लिएको छ रे भन्ने सुनिन्छ, हो रहेछ, र त विरामीले अस्पतालमा गएर पनि सुई हालिमाग्न पाउँदैन ।
• उनको रोजगार थियो जसोतसो उपचार गर्न अस्पतालमा भने बमोजिम तिर्न सकिन र उपचार पाईन । यहाँ पैसा नभएका, रोजगार नभएका कयौ विपन्नहरु छन् जसले अस्पतालमा टेकेर यी सब उपचार गर्न नै सक्दैनन् ।
• किन व्यवस्थित हुन सकेन अस्पताल जस्तो क्षेत्र – जसलाई परेको हुन्छ त्यो त्यातिबेला आक्रोशित हुन्छ र सकियो । यो भन्दा चरम लापारवाही के होला ? सामान्य सुगरका लागि दिईन इन्जेक्सन आफैले किनेर घण्टौं कुरेर बस्दा पनि नहालिदिनुको कारण के हो ?
• संसारमा नै नभएको एक्सरे मेसिन छ जिल्ला अस्पतालमा । दस्तुर तिरेर खिचाइन्छ तर रिपोर्ट अनुमानमा आउँछ । केही अघि गिदानेकी ५४ वर्षिया एक आमाको खुट्टा मासु फुटेको रहेछ अस्पतालले हडि्ड भाँचिएको भनेर प्लाष्टर गरिदियो र १४ दिन पछि आइज भन्यो । र प्लाष्टर काटिदियो त तर उनलाई दुख्न छोडेन भन्दा “अब कम हुन्छ” भन्यो । उनले सहन नसके पछि धुलिखेल लगें । त्यहाँ जाँदा मासु फुटेको पत्ता लाग्यो, व्याण्डेज गरियो, सामान्य थेरापी सिकाइयो र उनलाई निको भयो ।
• संविधानमा व्यवस्था गरिएको मौलिक हक भनिएको हौवा पिटाएर दिग्दभ्रमित तुल्याएर राज्य के तमासा देखाइ रहेछ यो – निःशुल्क त परै जाओस् स-शुल्क पनि नागरिक सेवाबाट बञ्चित भइरहेकाछन् ।
• किन ? को हो सरोकारवाला ? को हो हाम्रो अभिभावक ? को हो यस्ता पीडितहरुको आवाज अनि दर्द सुन्ने र सुनुवाइ हुन कहाँ जानु पर्छ ? कोही त जवाफ देओ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here