८ वर्षपछि काठमाडौँको तापक्रम झर्‍यो शुन्यमा

0
115

इक्मन लामा- ८ वर्षपछि काठमाडौँको तापक्रम झर्‍यो शुन्यमा

२३ पुस, काठमाडौं । काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको छ । सन् २०१० पछि काठमाडौंको तापक्रम पहिलो पटक शून्यमा झरेको हो । गत वर्ष काठमाडौंको न्यूनतम तापक्रम ०.४ सम्म रहेको थियो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार बिहान काठमाडौंको तापक्रम शून्य डिग्री मापन भएको छ । यो जुम्लापछिको कम तापक्रम हो ।
तापक्रम घटेसँगै काठमाडौंमा निकै चिसो महसुस भएको छ । यसअघि पुस २० गते यहाँको तापक्रम १.५ डिग्री सेल्सियस मापन भएको थियो । उत्तर–पश्चिम वायु चलिरहेकाले अबको २/३ दिन काठमाडौंको न्यूनतम तापक्रम शून्यकै वरिपरि रहने अनुमान पौडेलले गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, सबैभन्दा चिसो जुम्लामा छ । आइतबार बिहान ८ः४५ बजे यहाँको तापक्रम माइनस ८ दशमलब ७ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौंपछि सबैभन्दा कम तापक्रम दाङ, दीपायल र वीरेन्द्रनगरमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here