शरीर अपांग हो, मन हैन । राम बहादुर तामाङ गोलेको ह्विलचियरमै ५५३ कि.मि. को लामो यात्रा ।

शरीर अपांग हो, मन हैन । राम बहादुर तामाङ गोलेको ह्विलचियरमै ५५३ कि.मि. को लामो यात्रा ।

0
675

शरीर अपांग हो, मन हैन । राम बहादुर तामाङ गोलेको ह्विलचियरमै ५५३ कि.मि. को लामो यात्रा ।

१५,पौष २०७४

-प्रीतम तामाङ

सिन्धुपाल्चोक हालको बलेफी गा.पा.-७ मांखा चिम्लिङका ३५ वर्षका राम बहादुर तामाङ गोले जब एउटा दु:खद सवारी दुर्घटनामा परे त्यसपछी एकाएक जिवनका सपनाहरु टुटेको महसुस गर्नु भयो। त्यस दुर्घटना पश्चात् लाग्यो जीवन अब जिएर केहि अर्थ छैन । तर पनि मनका धेर थोर आशाका त्यान्द्रोहरुलाई संगल्दै गर्दा जब पुनर्स्थापना केन्द्र पुग्नु भयो जिवानले नयाँ मोड लियो ।

अहिले एउटा उद्देश्यका साथ अगाडि बढिरहनु भएको छ । उहाँको उद्देश्य न त पैसा कमाउने हो न त कुनै संस्था बिशेषलाई फाईदा पुग्ने,, उद्देश्य छ त सिर्फ आफू जस्तै व्हिल चियरमा बस्न बाध्यहरुलाई मनको उडानमा उडाउने र आफू जस्तै अरु कोहि नहोस् भन्नु हो र (बिश्व शान्ति टुरिजम एसिसेबल) नाराको साथ नेपाल र भारतको सम्बन्ध टाढा  होईन नजिक रहोस र अपांगहरूलाई पनि समान अधिकार दियुन भन्ने हो । जसका लागि आफू जस्तै व्यक्तिहरुलाई सुगालाई झैँ पिंजडामा हैन बाहिरी संसारमा शपांगलाई झै जिउन दिनु पर्छ भन्नु हो र हाम्रा भौतिक संरचनाहरु देखि हामिले गर्ने व्यबहार परिवर्तनका लागि उहाँले ह्विलचियरबाटै ५५३ कि.मि. यानकी नेपालको लुम्बिनी देखि भारतको बोधगया सम्मको करिब १८ दिने यात्राको लागि निस्कनु भएको छ ।

यस यात्राको क्रममा उहाँले दैनिक करिब ३० कि.मि. यात्रा गरिरहनु भएको छ । यस क्रममा बाटोमा कोहि अत्यधिक स्पिडमा सवारी हाँक्दै छन भने बिस्तारै हाँक्न सुझाव दिनु हुँदै, झुन्डिरहेका हरुलाई सुरक्षित हुन सुझाउदै छन् र आफू जस्तै अपांग भएका हरु र घरमा अपांग भएका अरु व्यक्तिहरुलाई नि बहिरी व्यक्ती हरुझैं गर्न सक्ने आँट र शहास हामीमा पनि हुन्छ तर गर्न दिरहेका छैनन , अब गर्न दिनु पर्छ भन्दै  ठाउँ ठाउँमा अन्तर्कृया सभा गर्दै आफ्ना तिता मिठा अनुभव सुनाउदै यात्रा गर्नु हुँदै छन् ।

उहाँ स्पाइनल इन्जरी पुनःस्थापना केन्द्रको भोइस सेन्टरमा दौंतरी परामर्शदाताको रुपमा काम गर्नु हुन्छ । यो यात्रा भन्दा पहिले पनि २०७०/१२/१०–२०७१/०१/०५ मा नम बुद्धदेखि लुम्बिनी सम्म ह्विलचियर मार्फत २६ दिनमा सफल यात्रा गरि सक्नु भएको छ । नेपालको ४०जिल्ला घुमी सक्नु भएको राम बहादुर तामाङलाई यस यात्राको लगि न त कुनै सरकारी संघ संस्थाले सहयोग गरेका छन न त कुनै ब्याक्ती वा संघ गैरसरकारी संस्थाहरुले, कसैको ठोस सहयोग विनानै यो यात्रामा निस्कनु भएको छ । भन्नू हुन्छ निस्वार्थ मनलाई भगवानले नि हेर्छन् । उहाँ भन्नू हुन्छ यहाँ हजारौं त्यस्ता मन हरु छन जहाँ हामी जस्ता व्यक्तिहरुलाई नि यो संसारमा केही गर्नु पर्छ भन्ने, हो तिनै मन भएका व्यक्तिहरुले अवस्य साथ र सहयोग गर्नु हुनेछ ।

यदि यस्तै मन हुने हरु हुनुहुन्छ भने यस यात्राको लागि उहाँको नाममा रहेको नेपाल ईन्भेस्टमेन्ट बैंक को खाता नं ००५०५०८०३१७३२० मा आफुले सक्ने सम्मको सहयोग गरिदिनुहुन पनि उहाँले हार्दिक अपिल गर्नु भएको छ ।

भावी योजना अफु जस्तै साथीहरूको लागि साझा अबास निर्माणको योजन रहेको छ । यदि सहयोग फन्ड कलेक्सन गरि दिने कुनै संघ संस्था र व्यक्ति भेटिएमा यात्रा निरन्तर गर्ने ईच्छा रहेको छ तर हाल सम्म न त  सरकारले वास्ता गरेका छन नत कुनै गैरसरकारी संग संस्थाले । हेरौं के के हुन्छ । उहाँ भन्नू हुन्छ ।

अन्त्यमा राम बहादुर तामाङ ज्युको यात्राको लागि कुनै दानी मन हुनु भएका जुनसुकै संघ संस्था, ब्यक्ति वा समुह द्वारा सहयोग गर्न चहानु हुन्छ भने वा कसैले सहयोग गर्नु भएको बैंक भौचर को फोटो खिची हाम्रो गोल्छे सन्चारको gmail Id: golchesanchar@gmail.com / वा golegaurung@gmail.com / वा  anilsyangbo.2073@gmail.com मा अथवा Golche sanchar ko official page मा फोटो खिची पठाउनुहोला । हामी यहाँ हरुको नाम फोटो सहित गोल्चे सन्चारको वेबसाईटमा प्रकाशित गरिनेछ । धन्यवाद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here