दर्शकको माया पाउन्जेल कलाकारितामा लाग्छु हास्यकलाकार मधु आचार्य

0
179

नेपाली हास्य टेलिश्रृङखलाको क्षेत्रमा नयाँ नाम हो मधु आचार्य । नेपाली टेलिभिजनमा देखिरहने र आम दर्शक हरुले अधिक मात्रमा उनको अभिनय मन पराउने दर्शक तथा शुभचिन्तकको सङख्या ठुलो रहेको छ । धादिङको धार्के केवल पुर गाउँमा जन्मेका उनी सानै उमेर देखी अरु भन्दा भिन्न खालको कला भएका थिए । कमेडी गाइज , खित्का , गुलेली , पुपुरो , मेरी बास्सै , गजव छ बा ,टेलिश्रृङखला साथै जात्रा आइ लभ यु,मटटीमाला मा उनको अभिनय देख्न सकिन्छ । यस बाहेक उनले नेपाली हास्य कमेडि तथा लोकदोहोरी एल्बमका गितहरुमा समेत अभिनय गरेका छन । आफनो भाग्यमा भन्दा कर्ममा बढी विश्वास गर्ने उनी निरन्तर रुपमा कला क्षेत्रमा नै लाग्ने सोच रहेको बताएका छन । मेरी बास्सैका हास्य कलाकार मधु आचार्य सगँ गरिएको कुराकानीमा

तपाई आफ्नो परिचय छोटकरीमा दिनुहोस् न ?

म मधु आचार्य हास्य कलाकार।

मधु जी तपाई अहिले के मा व्यस्त हुनुहुन्छ नी ?

म हिजो आज विभिन्न टेलिश्रृङख्लामा अभिनय गर्ने काममा व्यस्त रहेको छु । मेरी बास्सै साथै आगामी निकट भविश्यमा आउन लागेको एक टेलिश्रृङख्लाको अभ्यासमा व्यस्त रहेको छु ।

बाल्यकाल कता र कसरी बित्यो ?
उत्तर – मेरो बाल्यकाल गाउँमा बित्यो।उकाली ओराली गर्दै, घाँस दाउरा तथा मेलापात गर्दै बित्यो । म एउटा सामान्य परिवारमा जन्मेको मान्छे ती भिर पाखा,डांडा पाखा,भञ्ज्याङ चौतारी,लेक बेशी,खोला नाला संग अटुट नाता छ । साथै कुटो कोदाली,हलो जुवा,हंसिया बन्चरो,डोको नाम्लो संग गहिरो सम्बन्ध छ।

परिवारमा कति जना सदस्य हुनुहुन्छ ?
२ दाजुभाई , भाउजु, २ भतिज १ भतिजि र मेरी जिवन साथी र दुई सन्ताहरु गित र संगित राज आचार्य रहेका छौ ।

कलाकारिता क्षेत्रमा लाग्ने सोच कसरी बन्यो ?
सानैदेखि म मिजासिलो मान्छे , अरुको सगँ छिटटै विश्वास गर्ने मान्छे भएकाले साथै सुरुमा हाम्रो घरमा राखिएको एक जापनिज रेडियो थियो , त्यस रेडियोमा बजेका नाटकहरु र विज्ञापनमा बोलिएका आवाजहरु नक्कल गर्ने बानी म मा थियो । यसरी नै मैले कलाकारिता यात्रा को बाटो जाने इच्छा बाल्यकालमा गरेछु गोठालो जांदा बांसुरी बजाउदैं खुब गित गाइन्थ्यो अनि मेलापात तथा बिहेमा पनि गित गाइन्थ्यो सबैले प्रसंसा गर्नु हुन्थ्यो।यसरी नै म यो क्षेत्रमा लाग्न प्रेरित भएं।

घर परिवारको तर्फ बाट तपाई कलाकारिताममा लाग्दाखेरीका प्रतिक्रिया कस्तो छ ?

राम्रो छ । सुरुका दिनमा अलिक असहज थियो , यसक्षेत्रमा धेरै सधर्ष गनुपर्दो रहेछ मलाई केही थाहा थिएन परिवारका सदस्यहरुले पनि शुरुमा पढाई अनि जागिरको लागी लोकसेवा पढेर सरकारी जागिर खानुपर्छ भन्ने सोच थियो । तर त्यसको ठिक विपरित म मा कलाकारिताको मोह थियो र मैले यो क्षेत्रमा लाग्नु पर्छ भनेर परिवारको इच्छा विपरित भएपनि शुरुमा अलिक अफटयारो भयो तर अहिले त्यस्तो छैन सबैको साथ छ । त

हरेक दिनको दैनिकी सुरुवात कसरी हुन्छ ?

बिहानै उठ्छु अनि १ घन्टा जति घुमधाम गर्छुु।अनि बिहानको खाना खाइसकेपछी म आफनो काममा निष्कन्छु ।

कलाकारितको सुरुवात कहिले र कति साल बाट भयो ?
२०७१ साल बाट जानी नजानी यो क्षेत्रमा प्रबेश गरेको हुं ।

कलाकारिता क्षेत्रमा आउने प्रेरणा को बाट पाउनुभयो ?
यस क्षेत्रमा सर्वप्रथम प्रवेश गर्नको लागी हौसला दिनुहुने गुरु राजेन्द्र पुरी र बविता श्रेष्ठको योगदान अपरिहाय रहेको छ , म गाउँको मान्छे , काठमान्डौँमा २०६६ साल तिर काठमान्डौँमा झरेको मान्छे , केही बुझेको थिइन कलाकारितको बारेमा उहाँहरुको माया ममता र स्नेहले विभिन्न म्युजिक भिडियो , टेलिश्रृङख्लाहरुमा आफनो अभिनय देखाउन पाइएको छ आज सम्म मलाइ यो स्थान सम्म पुग्न आफ्नो भाइ सम्झेर मलाइ अगाडि बड्न साथ र सहयोग गर्नुहुने आदरणीय दाइहरु।सुरेश थापा,यादव देबकोटा,दिपक आचार्य,राजु कमेडी,सिताराम कट्टेल, केदार घिमिरे,टेके पौरखी,लेखान्त भुसाल,नेत्र राउत,बिनोद राई,राजु पौडेल,मरिचमान श्रेष्ठ उहाहरुको माया र साथ ले गर्दा धेरै हौसला र जोश पलायको छ।

अहिले सम्मको गित कति वटा भए ?
यति नै भनेर तथ्यांक राखेको त छैन तर अन्दाज गर्न सक्छु ।८ ओटा जति हास्य टेलिश्रृङख्लामा अभिनय गरेको छु , साथै २० बटा जति म्युजिक भिडियोमा अभिनय गरेको छु ।

आफुले अभिनय गरेको मध्ये आफैलाई अत्यधिक मन पर्ने हास्य टेलिश्रृङख्ला कुन हो ?

हुन त मेरा लागि मेरो अभिनय सबै मन पर्ने नै भयो , त्यसमा पनि मेरी बास्सै मलाई अधिक मनपर्ने र काम गर्दा निकै आनन्द आउने कार्यक्रम हो ।

स्टेज कार्यक्रमका लागि कुन कुन ठाउँ पुग्नु भयो ?
उत्तर – म गाइघाट, धादिङ, पोखरा काभ्रे लगायत नेपालका विभिन्न ठाउँमा गएको छु । र विदेशमा कार्यक्रमको लागी जाने कुरा हुदैछ ।

नेपाली हास्य टेलिश्रृङख्लामा काम गरेर भविश्य छैन भन्ने कुरा गर्नुहुन्छ , तपाइलाई के लाग्छ यस्को भविश्यको बारेमा ?
हो , अहिले एउटा कलाकार बांच्ने आधार छैन।भोलि के के हुन्छ म आफैलाइ थाहा छैन।एउटा मान्छेको जिन्दगी समय अनुसार चलिरहेको हुन्छ त्यसैले भोलिको कुरा समयले बताउने छ।तर सास छउन्जेल दर्शकको माया पाउन्जेल यहि क्षेत्रमा संघर्ष गरिरहने मन छ।

कलाकारिता क्षेत्र यसरी तल पर्नुमा दोषी को हो र यसलाई उच्च स्थानमा पुर्याउनका निमित्त कुन तह र तप्का बाट कमजोरी भएको छ ?
उत्तर – मुख्य त राज्य पक्षकै कमजोरी हो।अन्य देशमा कलाकारिता क्षेत्रलाइ राज्य पक्ष बाट छुट्टै ब्यबस्था र सम्मान छ।तर हाम्रो देशमा कलाकारिता क्षेत्रलाइ राज्य पक्ष बाट कुनै किसिमको सम्मान तथा ब्यबस्था छैन।अर्काे कुरा हामी सम्पुर्ण कलाकारहरु एक हुन सकेका छैनौं। हामी एक भएर हाम्रो अधिकारको लागि राज्यलाइ दबाब दिन नसक्नु हाम्रो कमजोरी हो जस्तो मलाई लाग्छ।

यो क्षेत्रको श्रीबिद्धिको लागि राज्यको भूमिका कस्तो रहनु पर्छ ?
मैले भनिसके राज्य बाट हामी कलाकार प्रयोग मात्र भएका छौं।हामिलाइ राज्य बाट एउटा बेग्लै किसिमको ब्यबस्था र सम्मान हुन जरुरी छ । कलाकारलाइ काम पर्दाको गहनाको रुपमा हेरिएको छ तर म भन्छु कलाकारलाइ देशको धरोहरको रुपमा राज्य बाट हेरियोस।कलाकारका हक र अधिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here