ललितपुर क्षेत्र नं ३ को प्रदेशसभामा निर्वाचित माधब पौडेल “प्रदेश नं ३ को मुख्य मन्त्री बन्ने पक्का”

ललितपुर क्षेत्र नं ३ को प्रदेशसभामा निर्वाचित माधब पौडेल "प्रदेश नं ३ को मुख्य मन्त्री बन्ने पक्का"

0
1516
  1. ललितपुर क्षेत्र नं ३ को प्रदेशसभामा निर्वाचित माधब पौडेल “प्रदेश नं ३ को मुख्य मन्त्री बन्ने पक्का”

देशमा भ​एको नयाँ ढाँचाको प्रतिनिधि सभा र प्रदेश सभाको चुनाब सकिसकेको छ। नेपालि जनताले आफ्नो मन पर्ने ब्यक्तिलाइ छानेर पठाइसकेका छ्न ।अब भने प्रदेशमा मुख्य मन्त्रि को बन्ने भन्ने चर्चाको विषय बन्न थालेको छ । ३ नम्बर प्रदेशमा भने मुख्य मन्त्रिको चर्चामा बाम गठबन्धनका ललितपुर तिन नम्बरबाट प्रत्यक्ष तर्फ जित्नुभ​एका माधब पौडेलको चलिरहेको छ। यसै बिषयलाई लिएर ललितपुर क्षेत्र नं ३ प्रदेश सभाबाट जित्नुभ​एका माधब पौडेलसङ्ग गोल्चे सन्चारका विवेक लोप्चनले लिएको अन्तर्बाताको क्रममा भएको संक्षिप्त कुराकानी:

प्रश्न १)ललितपुर क्षेत्र नम्बर ३ प्रसेशसभाबाट आफु निर्बाचित हुँदा कस्तो अनुभव गरिरहनुभ​एको छ?
-प्रदेश सभामा म आफू निर्वाचित हुँदा मैले जनताप्रति जे प्रतिबद्धता जनाएको थिए, त्यो प्रतिबद्धता लाई स्वच्छ ह्रदयले विश्वास  गर्नुभ​एको रहेछ भन्ने अनुभव गरिरहेको छ ।

प्रश्न २) जितपछिको योजना के-के रहेको छ ?
-हामि लामो समयदेखि एउटा सिस्टमको लागि लड्दै आएका छौ। सबै जनतालाइ समेटेर विकास गर्ने आधार के हुन भन्ने मुल कुराको लडाइँमा हामिले लडयौ र अधिकार  प्राप्त स्थानिय सरकार बनाउने बिषयमा हामिले ठुलो सफलता हासिल गर्यौ । त्यसैगरि स्थानिय साधन श्रोतलाइ परिचालन गर्ने बिषयमा हामिले लहरै ल्यायौ । उदाहरणको लागि मैले मेरो जिल्ला बिकास समितिमा म जाँदा वार्षिक १ लाख १६ हजार मात्र आन्तरिक श्रोत थियो भने म निस्किदा मैले १२ करोड पुर्याएँ। त्यो मेरो जिल्लाको मात्र उदाहरण हो र हामिले देशब्यापि रुपमा सबै जिबिसमा,नगरपालिका,गाबिसमा पनि खेर ग​एको श्रोत साधनलाइ परिचालन गर्नेदेखि लिएर,आन्तरिक स्रोत बढाउने कुरामा लहर ल्यायौ । अब आर्थिक अधिकार तल एबम स्थानिय स्तरमा दिएपछि विकास हुन सक्छ र केन्द्रको तोक आदेशको भरमा विकास हुन सक्दैन त्यसकारणले केन्द्रको अधिकार तल स्थानिय स्तरमा दिनुपर्छ भन्ने कुरा हामिले उठायौ र अहिले जुन तिन तहको सरकार स्थापना गरिएको छ,स्थानिय तह,प्रदेश तह र सङ्घको केन्द्रिय तह बनेको छ जस्का कारण नेपालि जनताको समस्या चाडै हल हुनेछ र हामि लामो समयदेखि जनताको दुखलाइ हटाउने प्रतिबद्धता जाहेर गरेका छौ र त्यो अबश्य पुरा हुन्छ भन्ने मलाइ लाग्छ।

प्रश्न ३) सिन्धुपाल्चोक पिस्कर हत्याकाण्ड हुदा त्यो बेला कस्तो खालको स्थिति थियो,नेतृत्व गर्दा कतिको सङ्घर्ष गर्नुभयो ?

पञ्चायत शासन बिरुद्द हामि अधिकांश कम्युनिस्टहरु जनताको घरदैलोमा बसेर्,उनिहरुका समस्यालाइ बुझेर,खोले खाएर जुन हामिले सङ्घर्ष गर्यौ अनि त्यसले गर्दा पनि हामिलाइ जनताले बिश्वास र माया गर्न थाले । पिस्कर हत्याकाण्ड एउटा पञ्चायत ब्यबस्था हटाउनका लागि गरिएको थियो । जुन काण्ड राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चर्चाको बिषय बन्यो र यसले तत्कालिन तानाशाहि शासन ब्यबस्थालाइ हटाउने आन्दोलनको नेतृत्व मैले गरैको थिए स्थानिय स्रोत र साधनलाइ परिचालन गर्नाका लागि केके आब्श्यक पुर्बाधारहरु हुन ? पहिलो कुरा जनताप्रति आस्था,माया र विश्वाश भैसकेपछि स्थानिय स्रोत साधनालाइ परिचालन गर्न सकिन्छ।खासगरि सुशासन्,भ्रष्टचार मुक्त समाज पार्दर्शिताको कुराले पनि यो बाताबरण तयार हुन सक्छ । अहिले जुन खालको अधिकार प्राप्त गर्यौ,अधिकार प्राप्तिका लागि लडाइ गर्यौ,हजारौ योद्दाहरुले आफ्ना ज्यान बलिदान गरे र ति त्यागलाइ सम्मान गर्दै सबै तह र तप्काका जनताहरुलाइ सक्रिय  बनाएर अघि बढेर देशलाइ समृद्धि तर्फ लैजान सकिन्छ ।

प्रश्न ४) जनताहरुले गुनासो गरिरहेका हुन्छन् कि चुनाव सकिसकेपछि नेता जनताका समस्या बुझ्नका लागि फर्कदैनन। तपाइको यस एरियामा चुनाब सफलतापछि समस्या बुझ्न जानुभ​एको छ कि छैन ?
-जनताको घर घरमा नगइकन समस्या के हो भन्ने थाहा हुन सकिदैन । त्यसैगरि मैले जुन यो जिम्मेवारि बहन गरिसकेपछि जनताको घर दैलोमा गै समस्या बुझ्ने,कसरि जिवनस्तर उकास्न सकिन्छ भन्ने बिषयमा मेरो अथक प्रयास रहनेछ ।

प्रश्न ५) ३ नम्बर प्रदेशमा मुख्य मन्त्रिको चर्चा तपाइकै जताततै सुनिन्छ्,मुख्य मन्त्रि बन्नका लागि के के क्राइटेरिया रहेको छ प्रष्ट  पार्दिनु हुन्छ कि ?
-सर्बप्रथम त म मुख्य मन्त्रि हुनुपर्छ भनेर आवाज उठाउने साथिहरुलाइ धन्यबाद दिन चहान्छु । यसमा मेरो आफ्नो   भनाइ  के हो भन्देखि यो मुख्य मन्त्रि एउटा ठुलो जिम्मेवारि हो र बाम गठबन्धनले मुख्य मन्त्रि बन्नका लागि केके मापदण्डहरु राख्ने र मापदण्ड बनाएर उच्च मुल्याङ्कन भ​एको ब्यक्तिलाइ नै छान्नुपर्ने मलाइ लाग्छ । यसलाइ कुनै पदमा भ​एको आधार     नभ​एर पार्टिगत योगदान,समर्पनता,निरन्तरता र लामो समयसम्म तल्लो तहमा रहेर अधिकार प्राप्तका लागि गरेका र प्रदेशको निति निर्माणमा खेलेको भुमिका इत्यादि कुराहरुमा मापदण्ड निर्माण गरि मुख्य मन्त्रि छान्नु पर्छ भन्ने मलाइ लाग्छ।

प्रश्न ६) स्थानिय स्रोत र साधनलाइ परिचालन गर्नाका लागि केके आब्श्यक पुर्बाधारहरु हुन ?
-पहिलो कुरा जनताप्रति आस्था,माया र विश्वाश भैसकेपछि स्थानिय स्रोत साधनालाइ परिचालन गर्नाका लागि सजिलो आधार बन्छ। खासगरि सुशासन्,भ्रष्ट्चार मुक्त समाज्,पार्दर्शिताको कुराले पनि यो बाताबरण तयार हुन सक्छ । अहिले जुन खालको अधिकार प्राप्त गर्यौ,अधिकार प्राप्तिका लागि लडाइ गर्यौ,हजारौ योद्दाहरुले आफ्ना ज्यान बलिदान गरे र ति त्यागलाइ सम्मान गर्दै सबै तह र तप्काका जनताहरुलाइ  सक्रिय बनाएर अघि बढेर देशलाइ सम्रिदितर्फ लैजान सकिन्छ भन्ने मलाई लाग्छ ।

प्रश्न ७) बाम गठबन्धनको निकै चर्चा चलिरहेकै बेला बाम गठनबन्धन हत्तारको निर्णय र यो सहि होइन भन्ने प्रतिक्रिया आइरहेका छ्न नि ,बाम गठबन्धनले जनताको लागि केके फाइदा दिन सक्छ ?
-पहिलो कुरा त यो बाम गठबन्धन अचानक भएको कुरा हैन ।मानिशहरुले अचानक र रातारात भएको भनि चित्त दुखाएका छन । यो चाही अचानक नभैकन कम्युनिष्टहरुको मुख्य योगदान रहेको ६२ सालको १९ दिने जनआन्दोलन्बाट  माओअबादी र एमाले बिच सम्झौता भयो । त्यही बेलाबाट नै बाम गठबन्धनको सुरुवात भएको थियो भने लामो समयको पटक पट्कको जुन अथक प्रयास पछी यो सफल भएको छ । यो बैचारिक मिलन भएको कारणले गर्दा छुट्ने कुरा छैन अझ कसिलो भएर अघी बढ्ने प्रायसमा छौ र अरु झिनामसिना कुराहरुले असर गरेतापनी मुल रुपमा बाम गठवन्धन अघी बढ्यो यसमा कुनै पनि शंका गर्नुपर्ने कुरा छैन अब कम्युनिष्ट एक भएर  लाग्ने कुरा यो समयको माग पनि हो,जनाताको आबश्यकता पनि हो । बाम गठबन्धनलाई नराम्रो चित्रण पनि गरिएको छ खासगरेर बाम गठबन्धनका चार पाच जना मान्छे प्रधानमन्त्री बनिसकेको छ । यहाँअ तानाशाह लाईन्छ भन्ने अनेक खाले भ्रम पनि सिर्जना पनि गरिएको छ । हामिले आफ्नो सरकार हुँदा खेरी जुन स्थिर सरकार थिएन र काम गर्ने वतावरण मिलेन  र सक्दो उदाहरणको रुपमा आफ्नो गाउ आफै बनाउ,बृद्धबद्धा कार्यक्रम ल्याएका थियौ र हामी बामपन्थिहरुले पाँच बर्षसम्म कार्यक्रम अघी बढाउन सक्छौ र  जनाताहरुलाई हाँसिलो र अझा सहज बानाउन सक्ने वतावरण सिर्जना गर्न सक्छौ भन्ने कुरा जनाताले आशा र बिश्वास लिएका छन र त्यसमा फुट्छ,छुट्छ भन्ने कुरामा कुनै शंका नै छैन ।

अन्तिम प्रश्न ) अहिले जसरी चर्चा परिचर्चा चल्दै छन् , यदि तपाई तीन नम्बर  प्रदेशमा मुख्य मन्त्री बनिहाल्नुभयो भने चाही तपाइले बिकासको योजनालाई कसरी अगाडि बढाउनु हुन्छ ? केहि सोच्नुभएको छ ?

-पहिलो कुरा त मलाई बाम गठबन्धनले बिश्वास गरेर मुख्य मन्त्री दिनु भयो भने मैले अब यो तीन नम्बर प्रदेशलाई सम्रुद्धी बनाउने,स्थानिय स्रोत र साधनलाई परिचालान
गर्नेछु । मेरो मुख्य आधार भनेको नै बाम गठबन्धनको चुनाबी घोषणापत्र नै हो ।यो सम्भावना नै सम्भावना भएको प्रदेश भएको हुनाले अब यो सम्पदाको धनी प्रदेशलाई पर्यटकिय रुपमा पर्यटकिय गन्तब्य बनाउनेछु । त्यसैगरी यहाँअका खनिज  पदार्थ,बनजङगल्,जलस्रोतको परिचालन गरी बिजुली उत्पादन गरी र हजारौं युबा बिदिसिएका छन र बिदेसिएका युबाहरुलाई फर्काउने साथै बाहिरी देशमा गएर श्रम गर्नु नपर्ने वतावरण सिर्जना गर्नेछौं भन्ने प्रतिबद्धता गर्छौ । बाटोघाटो,खानेपानी लगायतका कुराहरु छन्,सडक विस्तार गरी कालोपत्रे गर्ने,सुरुङबाटो  निर्माण गर्ने, रेल्वे निर्माण गर्ने र जनाताको लागी ब्याबसायिमुलक शिक्षाको ब्यबस्था तयार गर्ने,यहाँको जुन राजधानी पनि यही क्षेत्रमा रहेको हुनाले बिमानस्थलको सुधार गर्ने साथै पर्टकहारुलाई आकर्षण गर्ने खालका वातावरण  निर्माण गर्ने साथै यहाँ देशका नागरिक अरु देशमा पढन नगैकन  हाम्रो देश्मा बिदेसिहरु पढ्नका लागी आउने वातावरण  निर्माण गर्ने योजनाहरु रहेका छन। विवेक को साथमा,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here