फेरी त्रिशुलीमा बस खस्यो, ६ को मृत्यु, उद्धार कार्य जारी

फेरी त्रिशुलीमा बस खस्यो, ६ को मृत्यु, उद्धार कार्य जारी

0
1181

फेरी त्रिशुलीमा बस खस्यो, ६ को मृत्यु, उद्धार कार्य जारी

१३ मंसिर, काठमाडौं । आज विहान काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङबाट त्रिशुली नदीमा खस्दा ६ जनाको ज्यान गएको छ ।
लु २ ख २९१ नम्बरको बस बिहान ९स्१५ बजे त्रिशूलीमा नदीमा खसेको हो । मृतक कसैको पनि सनाखत हुन सकेको छैन ।
बस पूर्णरुपमा डुबेको हुँदा उद्धारमा समस्या भएको छ । हालसम्म १५ जना घाइतेको उद्धार गरिएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन । दुर्घटनास्थलमा खटिएका नेपाल प्रहरीका डीएसपी शिव शर्मा आचार्यले ६ जनाको हालसम्म शव फेला परेको जानकारी दिए । उनका अनुसार, अहिले घाइतेको उद्धार कार्य भइरहेको छ ।
‘दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने १५ जनाको जिवितै उद्धार गरेका छौं,’ डीएसपी आचार्यले भने । दुर्घटनालगत्तै नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारमा जुटेका छन् । बस धेरै यात्रु रहेको अनुमान गरिएको हुदाँ यकिन विवरण आउन केहीँ समय लाग्ने आचार्यले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here