सूचना प्रविधि नियमनमा राष्ट्र बैंकको कडाइ

0
115

कार्तिक ८, २०७४-बैंक तथा वित्तीय संस्थाको सूचना प्रविधिको नियमनमा राष्ट्र बैंकले कडाइ गर्न थालेको छ । एनआईसी एसिया बैंकको स्विफ्ट हयाक भएर रकम हिनामिना भएपछि केन्द्रीय बैंकले थप कडाइ गर्न थालेको हो । अनुगमनका लागि स्थायी प्रकृतिको संयन्त्र बनाएको केन्द्रीय बैंकले पुरानो निर्देशन पनि परिमार्जन गर्ने भएको हो ।

सूचना प्रविधिसम्बन्धी सन् २०१२ मा दिइएको निर्देशन परिमार्जन गरी पुन: जारी गर्न लागिएको गभर्नर चिरञ्जीवी नेपालले बताए । ‘सन् २०१२ को निर्देशनमा समय सान्दर्भिक परिमार्जन गर्न लागेका छांै,’ उनले भने । यसका लागि राष्ट्र बैंकले विज्ञहरूबाट सुझाव लिन सुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here